Logo

४१ अंकले उकालो लाग्यो नेप्से परिसुचक, ६ अर्ब ३२ करोडको कारोबार

४१ अंकले उकालो लाग्यो नेप्से परिसुचक, ६ अर्ब ३२ करोडको कारोबार



काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसुचक ४१ अंकले उकालो लागेको छ । आईतबार नेप्से परिसुचक ४१ दशमलव २४ अंकले उकालो लाग्दा सेयरबजारमा परिसुचक २२ सय ३५ दशमलव ७२ पुगेको हो ।

नेप्सेका अनुसार आज विहानै देखि उकालो लागेको नेप्से परिसुचक दिउँसो १२ बजेर ५६ मिनेट जाँदा परिसुचकले ऐतिहाँसिक रेकर्ड राखेको थियो । हालसम्मकै बढी परिसुचक अर्थात २२ सय ३८ पुगेको नेप्से परिसुचक पुनः घटबढ भई २२ सय ३५ को विन्दुमा पुगेको हो ।

आज बजारमा सबैभन्दा बढी विकास बैंक समुहको परिसुचकमा वृद्धि भएको छ । नेप्सेका अनुसार आज विकास बैंक समुहको परिसुचक ८८ अंकले उकालो लाग्दा व्यापार समुहको परिसुचक भने ७८ अंकले उकालो लागेको हो । यस्तै बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक आज ५९ दशमलव ६१ अंकले उकालो लागेको हो । साथै बजारमा आज निर्जिबन बीमा समुहको परिसुचक ३९ अंकले उकालो लाग्दा जिवन बीमा समुहको परिसुचक भने १७ अंकले ओरालो लागेको छ । नेप्सेका अनुसार आज जिबन बीमा बाहेक सबै समुहका परिसुचक उकालो लागेका हुन ।

आज दिनभरी भएको कारोबारमा २ सय ७ कम्पनीका १ करोड ५० लाख ३० हजार ८ सय ३६ कित्ता सेयर किनबेच भएका छन् । जसमार्फत ६ अर्ब ३२ करोड ६६ लाख ४६ हजार ८ सय ८ रुपैयाँ कारोबार रकम पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्