Logo

हिमालय मोटराडले सार्वजनिक गर्याे ‘नीम जी’ ईलेक्ट्रिक अटो, बजारमूल्य साढे ८ लाख

हिमालय मोटराडले सार्वजनिक गर्याे ‘नीम जी’ ईलेक्ट्रिक अटो, बजारमूल्य साढे ८ लाख



काठमाडौं । हिमालयन अर्गनाईजेशन अन्तर्गत हिमालय मोटराडले एक पटक चार्ज गरेपछि १ सय ३० किलोमिटर गुड्ने नीम जी ईलेक्ट्रीक अटो सार्वजनिक गरेको छ । कम्पनीले भारतको केरेला अटोमोबाइल्स द्वारा निर्मित उक्त अटो आईतबार नेपाली बजारमा सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार उक्त इलेक्ट्रिक अटोको सञ्चालन खर्च ७५ पैसा प्रति किलोमिटर रहेको छ । कम्पनीले अटोमा जडित ब्याट्रिको ३ बर्षसम्मको लागि वारेन्टीसमेत प्रदान गरेको छ ।

कम्पनीका अनुसार तीन घण्टा ५५ मिनेटमै फुल चार्ज हुने उक्त अटोले ३० डिग्री सम्मको उकालो सजिलै तान्ने छ भने प्रति घण्टा ५० किमिको दुरी कायम गर्न सक्ने छ । कम्पनीले उक्त अटोको मूल्य मूल्य ८ लाख ४९ हजार रुपैयाँ तोकेको छ ।

नेपाली सडकमा सुहाउने उक्त अटो नेपालको सडकलाई नै लक्षित गरी सार्वजनिक गरिएको हिमालय मोटोराडका अध्यक्ष ध्रुब थापाले जानकारी दिए । उनका अनुसार भारतको केरेलामा नेपालको जस्तै भुबनोट भएपछि उक्त भुबनोटमा परिक्षण गरेर उक्त अटो नेपाल भित्र्याईएको हो ।

कार्यक्रममा बोल्दै नाडा अटोमोबाईल एशोसिएसनका अध्यक्ष कृष्ण दुलालले नेपालमा ईलेक्ट्रीक सवारीमा कम कर भएकाले उक्त मूल्यमा अटो भित्र्याउन सकिएको बताए । उनले आगामी दिनमा सरकारको सहयोगमा विद्युतिय सवारीमा शतप्रतिशत कर घटाउन सकिए अझै सस्तो मूल्यमा गाडी चड्न पाईने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL