Logo

सामान्य घट्यो नेप्से, ९ करोडको कारोवार

सामान्य घट्यो नेप्से, ९ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

बिहीवार नेप्से परिसुचक ० दशमलव ६२ अंकले ओरालो लागेको छ । सो दिन १ हजार १ सय ३४ अंकमा झरेर बजार बन्द भएको हो । बिहीवार कारोवारमा आएकामध्ये अधिकांश समुहको परिसुचक ओरालो लागेकोले समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो ।

सा दिन उत्पादन समुहको परिसुचक सवैभन्दा बढी ३१ दशमलव ७ अंकले ओरालो लागेको छ । त्यस्तै होटल समुहको १३ दशमलव ४४,बीमा समुहको ४ र सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक २ दशमलव ४८ अंकले ओरालो लागेको छ ।

त्यसैगरी विकास बैंकको परिसुचक १ दशमलव ९६ अंकले घटेको छ । यता जलविद्युत, अन्य तथा फाइनान्स समुहको परिसुचक भने क्रमशः १२ दशमलव ८,११ दशमलव ७५ र ० दशमलव ८५ अंकले उकालो लागेको छ । बिहीवार १ सय १७ कम्पनी कारोवारमा आएका थिए ।

ती कम्पनीको ५ लाख २४ हजार कित्ता सेयरबाट २९ करोड २६ लाख बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL