Logo

के एल टावरको रमाईलो दसैँतिहार उपहार, बम्पर उपहारमा थाइल्याण्ड भ्रमण

के एल टावरको रमाईलो दसैँतिहार उपहार, बम्पर उपहारमा थाइल्याण्ड भ्रमण


बिजखबर संवाददाता
0
Shares

चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले दसैँ र तिहार अवसर पारेर ‘के एल टावर रमाईलो दसैँतिहार उपहार’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । हरेक दिन उपहार जित्न सकिने योजना जसअन्तर्गत बम्पर उपहारमा सुजिकीको जिक्सर, सुजिकी स्विच र चार रात पाँच दिनको थाइल्यान्ड टुरको जित्न सक्ने आयोजकले जानकारी दिएको छ ।

उपहार जित्न के एल टावरमा रहेका सम्पूर्ण पसल, केएल ग्राम जोन, सबै फुडकोर्ट र एफक्युब सिनेमामा १ हजार रुपैयाँसम्मको खरिदमा गरेको हुनुपर्छ । सो वापत ग्राहकले उपहार कुपन प्राप्त गर्ने र उपहार कुपन दैनिक तथा साप्ताहिक लक्की ड्रमार्फत वितरण गरिने कार्यक्रम संयोजक हिरामणि तिमल्सिनाले जानकारी दिए ।

उपहारमा सहभागीले दैनिक केन सिन डिए स्मार्टफोन र १ हजार रुपैयाँबराबरको गिफ्ट भौचर जित्न सक्नेछन् ।

त्यस्तै, साप्ताहिक रूपमा सामसुङ २३ इन्चको एलइडी टिभी, सामासुङ रेफ्रिजेरेटर, वासिङ मेसिन, टाइमेक्स घडी तथा ५ हजार रुपैयाँबराबरको गिफ्ट भौचर प्रदान गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL