Logo

नेपालमा बिएमडब्ल्यूको आधिकारीक बिक्री सुरु, गाडी किन्ने ग्राहकलाई यस्ता छन् सुविधा

नेपालमा बिएमडब्ल्यूको आधिकारीक बिक्री सुरु, गाडी किन्ने ग्राहकलाई यस्ता छन् सुविधा



काठमाडौं । नेपालको लागि बिएमडब्ल्यू मोटर्सको आधिकारीक आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले काठमाडौंको तीनकुनेमा शोरुमसहित बिएमडब्ल्यु ब्राण्डको विक्री सुरु गरेको छ । कम्पनीले सोमबारदेखि तिनकुनेमा १० हजार १ सय ६५ स्क्वायर फिटको भव्य शोरुम सहित बिएमडब्ल्यू ब्राण्डको आधिकारीक बिक्री सुरु गरेको हो । जर्मन ब्राण्ड बिएमडब्लुलाई नेपाली बजारमा स्थापित गर्न र बजारीकरण गर्न लक्ष्मी प्रिमियमले बिएमडब्ल्यू एशिया र बिएमडब्ल्यू बंगलादेशसँग सहकार्य गरेको जानकारी दिएको छ ।

नेपालमा बिएमडब्ल्यू ब्राण्ड र नयाँ शोरुमको सुरुवात गर्दै बिएमडब्ल्यू ग्रुप एसियाका प्रबन्ध निर्देशक क्रिस्टोफर वेनरले भने, ‘लक्ष्मी प्रिमियम मोर्टससँगको सहकार्यबाट बिएमडब्ल्यू उत्साहित भएको छ । नेपाली बजार बिएमडब्ल्यूको लागि निकट भविष्यमा उदाउदो बजार हो भने, लक्ष्मी प्रिमियम मोटर्ससँगको सहकार्यले नेपालमा बिएमडब्ल्यू ब्राण्डको उपस्थिति बलियो हुने छ । र, बिएमडब्ल्यूका ग्राहकहरुले ‘डाइनामीक, इनोभेटिभ तथा बोल्ड’ कारको अनुभव गर्न पाउनेछन् ।

‘हामी नेपालमा छुट्टै किसिमको ड्राइभिङ अनुभव प्रदान गर्न चाहन्छौं । हामी हाम्रा ग्राहकहरुलाई गाडी किन्ने नयाँ अनुभव प्रदान गर्न चान्छौं र उनीहरु सँधै हाम्रो केन्द्रमा छन् । त्यसैले हामीले विश्वस्तरिय ‘स्टेट अफ आर्ट’ फिचरले भरिपूर्ण शोरुम निर्माण गरेका छौं । हाम्रो टिम तपाईहरुलाई उत्कृष्ट बिक्री र बिक्रीपछिको सेवा दिन कटिवद्ध रहेको छ’, भन्दै लक्ष्मी प्रिमियमका कार्यकारी निर्देशक निराकार श्रेष्ठले भन्नु हुन्छ ‘हामी हाम्रा ग्राहकलाई गाडी खरिदमा अस्मरणिय क्षणको अनुभव दिलाउन चाहान्छौं ।

ग्राहकले हाम्रो ब्राण्ड न्यू शोरुममा प्रवेश गर्दा उत्कृष्ट लाउन्ज र आकर्षक ‘ईसेटा बार’ को अनुभव गर्न पाउनु हुने छ । जहाँ हाम्रा विभिन्न ४ मोडलको प्रदर्शनी देख्न सकिने छ भने, अर्को तर्फ रहेको सर्भिस एरियाले जो कोहिलाई लोभ्याउने छ । यस शोरुमबाट गाडी खरिद गर्ने ग्राहकले फरक किसिमको अनुभूती गर्न सक्नु हुने छ ।

हामीले ग्राहकलाई अहिलेको विषम परिस्थितिमा “कनट्याक्ट लेस” टेष्ट ड्राइभको सुविधा उपलब्ध गराउने छौं । त्यसको लागि ग्राहकले लक्ष्मी प्रिमियमको वेभसाइट वा फोन कलको माध्यमबाट आफ्नो टेष्ट ड्राइभ बुक गर्न सक्नु हुने छ । तपाईले टेष्ट ड्राइभमा छनोट गर्नु भएको वा खरिद गर्नु भएको कार पूर्णत सेनिटाइज गरिएको हुने छ । उक्त कारलाई तपाईले छनोट गर्नु भएको स्थानमा हामी उपलब्ध गराउने छौं । ग्राहकको कुनै पनि जिज्ञासालाई हामी उपस्थित भएरै वा भर्चुयल माध्यमबाट समाधान गर्ने छौं ।

बिएमडब्ल्यू बंगलादेशले नेपालमा बिएमडब्ल्यूको बजार स्थापित गर्न बिक्री र बिक्रीपछिको सेवा प्रदान गर्ने पूर्वाधारहरुको तयारी गर्न र उच्चस्तरिय ग्राहक सेवालाई प्राथमिकता दिन ‘मेन्टर’को बलियो भूमिका निर्वाह गरेको छ । साथै, बिएमडब्ल्यू बंगलादेशले विगतमा पाएको सफलताको उदाहरणलाई लक्ष्मी प्रिमियम मोटर्सले नेपालमा पनि दोहोर्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL