Logo

कोरोना कहरमा भद्रगोल सार्वजनिक यातायात सेवा, स्वास्थ्यमा खेलवाड

कोरोना कहरमा भद्रगोल सार्वजनिक यातायात सेवा, स्वास्थ्यमा खेलवाड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारको नीति र कोरोना महामारीको बेवास्ता गर्दै सार्वजनिक यातायातहरुले पुनः पुरानै रवाफ देखाउन थालेका छन् । बसभरी यात्रु राखेर अझै यात्रु कुर्न पुरानो परम्पर पुनः सुरु भएको छ ।

करिव ९ महिनादेखि जारी कोरोना भाईरसको महामारीमा सार्वजनिक यातायात व्यवसायी चपेटामा परेको भन्दै निश्चित मापदण्ड बनाएर सार्वजनिक यातायात चलाईएको थियो । तर सोही मापदण्डलाई नै कुल्चेर हाल सार्वजनिक यातायात शहरभरी संचालनमा छन् ।

कोरोना कहरमा पनि अर्थतन्त्र चलायमान बनाईराख्न निश्चित उद्योगधन्दा र सार्वजनिक यातायातलाई जोरविजोर प्रणालीमार्फत चलाउने निर्णय गरियो । बसमा अनिवार्य मास्क र सेनिटाईजरको व्यवस्था गर्नुपर्ने, क्षमताको आधा अर्थात एक सिटमा १ जना मात्रै यात्रु राख्नुपर्ने तथा सोहीअनुसार भाडा भने डेढी लिन पाउने नीति बन्यो ।

केहीदिन उक्त नीतिको राम्रै कार्यान्वयन भएपनि करिव २ महिनापछि नै उक्त नीति भद्रगोलमा परिणत भयो ।

विश्वलगायत नेपालमा पनि पछिल्लो समय कोरोना भाईरसका संक्रमित थपिने क्रम जारी छ । यस्तो अवस्थामा निश्चित सामाजिक दुरी, सक्दो जिवाणुरहितलगायत क्रियाकलापमा विशेष ध्यान दिनुपर्ने हो । तर हाल सरकारले पुरानै भाडादरमा सिट क्षमताअनुसारको यात्रु राख्ने निर्णय गरेपश्चात सेनिटाईजर राख्नुपर्ने, मास्क अनिवार्यलगायतका नियमहरु भने तल परेको जस्तो देखिएको छ ।

बसभित्र खचाखच यात्रु हुनेबेला मास्क अनिवार्य नगरिँदा शहरमा कोरोना फैलने डर झन तिव्र हुने सम्भावना रहेको स्वास्थ्यविद्हरु बताउँछन् । यता ट्राफिक प्रहरी महाशाखा र नियमन निकाय यातायात व्यवस्था विभागलेसमेत यसमा त्यति चासो दिएको देखिदैन । कोरोना संक्रमित दिनानुदिन बढीरहँदा पनि यस्तो संवेदनशिल क्षेत्रमा चासोको कमी हुँदा मानव स्वास्थ्यमा झन ठुलो समस्या आईलाग्ने स्वास्थ्यविदहरु बताउँछन् ।

तर यातायात व्यवसायीहरु भने स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्दै शहरलगायत लामो रुटमा पनि सार्वजनिक यातायात संचालन भईरहेको बताउँदै आएका छन् । स्वास्थ्य मापदण्डको पुर्ण पालना गरेर नेपालभरी सार्वजनिक यातायातका सवारीसाधनहरु चलिरहेको नेपाल यातायात व्यवासायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL