Logo

नेप्सेको निरन्तर ओरालो यात्रा, कारोबार रकम पनि खुम्चिँदै

नेप्सेको निरन्तर ओरालो यात्रा, कारोबार रकम पनि खुम्चिँदै



काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ओरालो लागेको छ । दशैं विदापछि गत बुधबार खुलेको नेप्से सोहीदिन ४१ अंकले उकालो लागेपनि त्यसयता भने ओरालो यात्रा समाएको छ ।

गत बिहीबार सामान्य अंकले ओरालो लागेको नेप्से परिसुचक यो साताको पहिलो दिन आईतबा (हिजो) पनि ४ दशमलव ७२ अंकले घटेको थियो । सोहीअनुसार आज पनि नेप्से परिसुचकमा ३ दशमलव ३३ अंकको गिरावट आएको छ ।

सोमबार व्यापार होटल जलविद्युतलगायत विभिन्न ८ समुहका परिसुचकमा वृद्धि देखिएपनि बैंकिङ, विकास बैंक, जिवन बीमा र अन्यलगायत ४ समुहका परिसुचक भने ओरालो लागेका छन् । बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक सोमबार ११ अंकले घट्दा जिवन बीमा समुहको परिसुचकमा भने ९ अंकको गिरावट आएको छ । यस्तै आज विकास बैंक समुहको परिसुचक शुन्य दशमलव ३ अंकले घट्न पुगेको छ भने अन्य समुहको परिसुचकमा ३ अंकले ओरालो लागेको छ ।

यस्तै आज सबैभन्दा बढी लघुवित्त समुहको परिसुचक उकालो लागेको छ । सोमबार यस समुहको परिसुचकमा ६२ अंकको वृद्धि हुँदा व्यापार समुहको परिसुचक ३४ अंकले उकालो लागेको छ । साथै निर्जिबन बीमा समुहको परिसुचकमा आज २७ अंकको सुधार आएको छ ।

दिनभर उत्तारचढावसहित विभिन्न १९७ कम्पनीका ६९ लाख ३७ हजार ४५४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम पनि खुम्चिएर २ अर्ब ४५ करोड ३९ लाख ५४ हजार ६८८ रुपैयाँ पुगेको छ । आज विभिन्न ४ कम्पनीको सेयरमूल्यमा ९ प्रतिशत बढीको वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्