Logo

साढे ४ अंकले बढ्यो नेप्से, ४९ करोडको कारोवार

साढे ४ अंकले बढ्यो नेप्से, ४९ करोडको कारोवार


रक्षा रेग्मी
0
Shares

साताको पहिलो दिन आइतवार नेप्से परिसुचक उकालो लागेको छ । सो दिन नेप्से ४ दशमलव ७४ ले बढेर १ हजार १ सय ८३ अंकमा पुगी बजार बन्द भएको छ ।

आइतवार कारोवारमा आएकामध्ये अधिकांश समुहको परिसुचक उकालो लागेको छ । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी ३५ दशमलव ६५ अंकले बढेको छ । त्यस्तै सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको ५ दशमलव ४२ अंकले उकालो लागेको छ ।

सो दिन विकाश बैंक, अन्य र फाइनान्स समुहको परिसुचक क्रमशः ४ दशमलव ४९,२ दशमलव ३५ र ० दशमलव ५७ अंकले बढेको छ । यता होटल तथा जलविद्युत समुहको सुचक भने २७ दशमलव ५९ र ० दशमलव ९७ अंकले ओरालो लागेको छ ।

आइतवार १ सय १३ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनिका ७ लाख २१ हजार कित्ता सेयरबाट ४९ करोड ३० लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्