Logo

जीओ फोर्डको फोर्ड ईकोस्पोर्ट पावर च्यालेन्ज योजना, पराजित भएमा बुकिङको दोब्बर रकम फिर्ता पाईने

जीओ फोर्डको फोर्ड ईकोस्पोर्ट पावर च्यालेन्ज योजना, पराजित भएमा बुकिङको दोब्बर रकम फिर्ता पाईने



काठमाडौं । जीओ अटोमोबाईल्स प्रालिअन्तर्गतको जीओ फोर्डले ‘ फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज’ योजना सार्वजनिक गरेको छ । फोर्डको शक्तिलाई प्रमाण्ति गर्न र ग्राहकहरुलाई यसको इन्जिनको शक्ति अनुभव गराउन, कम्पनील्े फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज योजना सार्वजनिक गरेको हो ।
ग्राहकले यस योजनामा भाग लिन, न्युनतम रकममा फोर्ड इकोस्पोर्ट बुक गर्नुपर्नेछ र त्यसपछि ग्राहकले यस सेगमेन्टको अरु कुनै पनि गाडी चुनौतीको लागि रोज्न सक्नेछन् ।

फोर्ड इकोस्पोर्ट सँग पावर र पिकअपमा ठाडो उकालो सडकमा चुनौती दिन सक्छ । कम्पनीले यदी फोर्ड गाडीले उक्त सेगमेन्टका अन्य गाडीलाई उकालोलगायतका चुनौतिमा नहराएको खण्डमा बुकिङ गरेको रकमको दोब्बर रकम फिर्ता हुने बताएको छ ।

सन २०२० मा बनेको ईकोस्पोर्ट भारत स्टेज भीआईमामा आधारित पेट्रोल र डिजेल इन्जिनका साथ आकर्षक मूल्यमा जीओ फोर्ड उपलब्ध छ । यो गाडी ड्राइभिङको लागि रमाइलो, शक्तिशाली र पेट्रोल/डिजेल इन्जिनको लागि विशिष्ट रोजाइ रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्