Logo

जनरल ईन्सुरेन्सको आइपीओ बाँडफाँड, ५ लाख २४ हजार ५४ आवेदनकर्ता हातखाली

जनरल ईन्सुरेन्सको आइपीओ बाँडफाँड, ५ लाख २४ हजार ५४ आवेदनकर्ता हातखाली



काठमाडौं । मंगलबार जनरल इन्सुरेन्स कम्पनीले आइपीओ बाँडफाँड गरेको छ । कम्पनीको आईपीओमा २ लाख ७० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन भने ५ लाख २४ हजार ५४ जना आवेदनकर्ताको हात खाली भएको छ ।

७ लाख ९४ हजार जनाले आवेदन दिएकामा २ हजार १ सय ८८ जना आवेदकले ४८ हजार ६ सय ४० कित्ताका लागि दिएको आवेदन रद्द भएको कम्पनीले जनाएको छ ।

कम्पनीले असोज ११ गतेबाट १४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ जारी गरेको थियो । हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । आइपीओ निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्