Logo

नेप्सेमा हरियाली, परिसुचक दोहोरो अंकले बढ्दा ३ अर्ब बढीको कारोबार

नेप्सेमा हरियाली, परिसुचक दोहोरो अंकले बढ्दा ३ अर्ब बढीको कारोबार



काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसुचक दोहोरो अंकले उकालो लागेको छ । गत हप्ता उच्च उत्तारचढावका बीच रहेको नेप्से परिसुचक आज भने १४ दशमलव ७१ अंकले उकालो लागेको हो ।

बिहानैदेखि घटबढ हुँदै बढेको बजारमा आईतबार सबैभन्दा बढी उत्पादनमुलक समुहको परिसुचक उकालो लागेको छ । उक्त समुहको परिसुचकमा आज १ सय ४५ अंकको वृद्धि हुँदा जिवन बीमा समुहको परिसुचक भने ४५ अंकले उकालो लागेको छ । नेप्सेका अनुसार आज निर्जिवन बीमा समुहको परिसुचक २४ अंकले उकालो लागेको छ भने विकास बैंक समुहको परिसुचकमा २३ अंकको वृद्धि देखिएको छ ।

बजारमा धेरै प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक आईतबार १५ अंकले उकालो लाग्दा व्यापार समुहको परिसुचक पनि १५ अंकले उकालो लागेको छ । आज बजारमा जलविद्युत समुहको परिसुचक बाहेक सबै समुहका परिसुचकमा हरियाली छाउँदा ३ अर्ब ५ करोड ८३ लाख १० हजार ४ रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

आज विभिन्न १ सय ९३ कम्पनीका १ करोड ३ लाख १३ हजार ६ सय ८४ कित्ता सेयर किनबेच भएका हुन् । बजारमा ३ कम्पनीको सेयरमुल्य ९ प्रतिशत माथि बढ्दा अन्य ३ कम्पनीको सेयरमूल्य ६ प्रतिशत बढीले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्