Logo

बजाजको नयाँ एभेन्जर स्ट्रिट १६० नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

बजाजको नयाँ एभेन्जर स्ट्रिट १६० नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता



काठमाडौं । बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी नेपालमा नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस भित्र्याएको छ ।

नयाँ एभेन्जर स्ट्रीट १६० स्पोस्टर डिजाइनमा आउँद छ र शहरका लागि केहि भिन्न रुपमा देखा पर्नेहरुका लागि बनाइएको बताईएको छ । यसमा रोडस्टर डिजाइनको हेडल्याम्प छ र एलईडी डीआरएलका साथ यसले दिर्घकालिन छाप सृजना गर्दछ र यसमा शहर र हाईवेका लागि सहज गतिशीलता प्रदान गर्न स्ट्रीट कन्ट्रोल ह्यान्डलबारहरु पनि छन् ।

यो १६०सीसी डीटीएस(आई इन्जिनद्वारा संचालित छ जसले १६०ः१५ पीएस पावर र १३ दशमलव ५ एनएम टर्क उत्पादन गर्दछ । यसले ५ स्पीड म्यानुअल ट्रान्समीसन पनि प्रयोग गर्दछ । सुरक्षाका लागि बजाज एभेन्जर स्ट्रीट १६० अगाडि २८० एमएम डिस्क ब्रेक र पछाडि भागमा १३० एमएम ड्रम ब्रेकको साथ आउँदछ । ब्रेकका इकाईहरु मानकको रुपमा एकल च्यानल एबीएस संगै छन् ।

चालकको आरामको लागि यो लामो स्लंग, लामो सिट र अद्वितीय विस्तारीत फुटरेस्ट स्थानमा साथ आउँदछ । नयाँ एभेन्जर स्ट्रीट १६० स्पाईसी रेड र इबोनी ब्ल्याक कलर भेरियन्टमा शुरुवाती मुल्य ३ लाख १९ हजार नौं सय रुपैयाँमा असोज १५ गतेदेखि देशभर उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL