Logo

नेप्सेमा दोहोरो अंकको वृद्धि, बीमा र बैंकमा लगानीकर्ता झुम्मिदा कारोबार रकम पौने ३ अर्ब पुग्यो

नेप्सेमा दोहोरो अंकको वृद्धि, बीमा र बैंकमा लगानीकर्ता झुम्मिदा कारोबार रकम पौने ३ अर्ब पुग्यो



काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेप्से परिसुचकमा दोहोरो अंकको वृद्धि भएको छ । बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसुचक अन्तिम समयमा २० दशमलव ६१ अंकले बढ्न पुगेको हो ।

बजारमा सबैभन्दा बढी निर्जीवन समुहको परिसुचक उकालो लागेको छ । सो समुहको परिसुचक ३३२ अंकले बढ्दा जीवन बीमा समुहको परिसुचकमा पनि १५७ अंकको वृद्धि भएको छ ।
यसैगरी बिहीबार बैंकिङ समुहको परिसुचकमा पनि वृद्धि भएको छ । सो समुहको परिसुचक १८.८६ अंकले बढ्दा विकास बैंक समुहको परिसुचकमा ६५ दशमलव ४८ अंकको उछाल आएको छ ।

साताको अन्तिम दिन बजारमा प्रायःजसो समुहका परिसुचक उकालो लागेका छन् । तर दोहोरो अंकले बजार बढ्दा अघिल्ला दिनहरुमा उकालो लागेको जलविद्युत समुहको परिसुचकमा भने गिरावट आएको छ ।

बजारमा कारोबार रकममा पनि गिरावट आएको छ । बिहीबार कुल २ अर्ब ८० करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जसमा १९३ कम्पनीको ९९ लाख ३० हजार कित्ता सेयर कारोबार भएको छ । बजारमा आजैमात्र बोनस घोषणा गरेको बैंक अफ काठमाडौंको सेयर मूल्य बढ्दै सबैभन्दा बढी १४ करोड ७६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्