Logo

हुन्डाईको ‘ग्राण्ड आई१० नियोस’ नेपालमा सार्वजनिक, यस्तो छ बजारमूल्य

हुन्डाईको ‘ग्राण्ड आई१० नियोस’ नेपालमा सार्वजनिक, यस्तो छ बजारमूल्य



काठमाडौं । हुन्डाई अटोमोबाईलको नेपालका लागि अधिकृत विक्रेता लक्ष्मी ईन्टरकन्टीनेन्टलले नेपालमा हुन्डाई ग्राण्ड आई१० नियोस सार्वजनिक गरेको छ । कम्पनीले लामो समयदेखि ग्राण्डलाई माया गर्ने ग्राहकलाई मध्यनजर गर्दै उक्त गाडी नेपालमा पनि सार्वजनिक गरेको हो ।

स्टाईलीस लुक्ससहितको नियोसमा भीटीभीटी प्रविधिमा आधारित १ दशमलव २ लिटर पेट्रोल ईन्जीन प्रयोग गरिएको छ । यस्तै गाडीमा अन्य धेरै प्रकारका सुविधाहरु जडान गरिएको छ जसले ग्राहकलाई सन्तुष्टि प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले हाल उक्त गाडी पोलार ह्वाईट, टाईफुन सिल्भर, टाईटान ग्रे, फेईरी रेड र अक्वुवा टिल रंगहरुमा सार्वजनिक गरेको छ ।

कारमा एप्पल कारप्ले, एन्ड्रोईट अटो, टचस्क्रिन ईन्फोटेनमेन्ट सिस्टमलगायत जडान गरिएको छ । यस्तै क्याविन एण्ड रियर एसी, एयरब्याग, रियर पार्किङ क्यामरालगायत यस गाडीका अन्य विशेषताहरु हुन् । कम्पनीले उक्त गाडीको सुरुवाती बजारमूल्य ३० लाख ९६ हजार रुपैयाँ तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL