Logo

लाभांश घोषणा गर्नेमा पहिलो वाणिज्य बैंक बन्यो माछापुच्छ्रे, यस्तो छ सेयर र नगदको अनुपात

लाभांश घोषणा गर्नेमा पहिलो वाणिज्य बैंक बन्यो माछापुच्छ्रे, यस्तो छ सेयर र नगदको अनुपात



काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेको छ । बैंकले सबै बैंकहरुभन्दा पहिले नै आफ्ना लगानीकर्तालाई लाभांश दिनेगरी प्रस्ताव गरेको हो । बैंकले सेयरधनीहरुका लागि १० प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।

गत बर्षको कमाईबाट सेयरधनीलाई वितरण गर्नका लागि ७ दशमलव ३ प्रतिशत बोनस तथा करसहित ३ दशमलव ३७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४५ करोड रुपैयाँ छ। बोनस वितरणपछि बैंकको चुक्ता ९ अर्ब नाघ्नेछ ।

बैंकले गत आर्थिक बर्षमा एक अर्ब २५ करोड रुपैयाँ खुद मुनाफा गरेको थियो। जसको वितरणयोग्य नाफा ९० करोड ८२ लाख रुपैयाँ कायम भएको थियो । बैंकको साधारण जगेडा कोषमा एक अर्ब ७० करोड रुपैयाँ बचत छ।

गत असारमसान्तसम्मको विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ८० पैसा, नेटवर्थ १ सय ३६ रुपैयाँ ८० पैसा र मूल्य आम्दानी अनुपात १४ दशमलव ८६ गुणा छ।

प्रतिक्रिया दिनुहोस्
MBL