Logo

किन बढ्यो अन्तिम समयमा नेप्से, परिसुचक ३१ अंकले उकालो लाग्दा ३ अर्ब ७२ करोडको कारोबार

किन बढ्यो अन्तिम समयमा नेप्से, परिसुचक ३१ अंकले उकालो लाग्दा ३ अर्ब ७२ करोडको कारोबार



काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक ३० दशमलव ७८ अंकले उकालो लागेको छ । बजार खुलेर लामो समयसम्म सामान्य रुपमा बढिरहेको नेप्से परिसुचक अन्तिम समयमा उच्च रुपमा उकालो लागेको छ ।

लामो समयपछि बजारमा सबैभन्दा बढी होल्ड रहेको बैंकिङ समुहको परिसुचक उकालो लाग्दा नेप्से परिसुृचमा सुधार आएको हो । साथै पछिल्लो समय बढी मुल्य भएको भन्दा पनि कम मुल्यको सेयर मुल्य बढाएर कमाउने समुह सक्रिय हुँदा बजारमा दैनिक रुपमा नेप्से परिसुचक उकालो लागेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

‘पछिल्लो समय लगानीकर्ताहरुले जलविद्युत समुहको परिसुचक उचालिरहेका छन्,’ एक लगानीकर्ताले भने, ‘प्रतिफल दिने आशा नभएपनि सिमित समुहले तत्कालका लागि लाभ दिन सस्तो कम्पनीको सेयर मुल्य बढाउँदै आएका छन्, जसका सोझा तथा साना लगानीकर्ता फसाउने काम भैरहेको छ ।’

यसैगरी बजारमा बिहीबार होटल समुहको परिसुचक पनि उकालो लागेको छ । कोरोनाका कारण लामो समयसम्म होलट व्यवसायले प्रतिफल नदिने देखिएपनि लगानीकर्ताहरुले आजदेखि होटल रेष्टुराँ खुलेको बाहनामा सो समुहको परिसुचक बढाएका छन् ।

साताको अन्तिम दिन निर्जीवन बीमा समुह बाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी कोरोनाले सबैभन्दा बढी असर पुर्याएको होटल समुहको परिसुचक १६१ अंकले उकालो लागेको छ भने जलविद्युत समुहको परिसुचक पनि ८८ अंकले बढेको छ ।
यसैगरी बैंकिङ क्षेत्रमा पनि आज लगानीकर्ताहरुको राम्रो प्रवेश भएको छ । बजारमा विकास बैंक समुहको परिसुचक ६६ अंकले बढ्दा बैंकिङ समुहको परिसुचक पनि २८ अंकले उकालो लागेको छ ।

बजारमा आज कारोबार रकम पनि बढ्न पुगेको छ । दिनभर कुल ३ अर्ब ७२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जसमा सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्सको १३ करोड २३ लाख रुपैयाँ र नेपाल बैंकको १२ करोड १८ लाख रुपैयाँका सेयर कारोबार भएको छ । जसमा १९१ कम्पनीको १ करोड १८ लाख कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्