Logo

अर्थ मन्त्रालय समक्ष नेप्सेको प्रतिवद्धता, आईतबारदेखि अनलाईन ट्रेडिङमा समस्या आउँदैन

अर्थ मन्त्रालय समक्ष नेप्सेको प्रतिवद्धता, आईतबारदेखि अनलाईन ट्रेडिङमा समस्या आउँदैन



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्च (नेप्स)ले अर्थमन्त्राल समक्ष आईतबार देखि अनलाईन कारोबारमा समस्या नआउने बताएको छ । लामो समयदेखि नेप्सेको अनलाईन प्रणालीमा पटक पटक समस्या आएपछि अर्थमन्त्रालयले आज (सोमबार) नेप्से र धितोपत्र बोर्डका प्रमुखलाई छलफलका लागि बोलाएको थियो । उक्त छफलमा नेप्सेले हाल अनलाईन कारोबारमा देखिएको समस्या समाधानका लागि काम भैरहेको र आईतबारदेखि उक्त समस्या नआउने प्रतिवद्धता जाहेर गरेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

‘अइलाइन कारोबारमा समस्या आएपछि नेप्सेले आईतबारदेखि भारतीय सफ्टवेयर निर्माता कम्पनी र नेपालतर्फको आईटी विज्ञ राखेर काम गरिरहेको जानकारी दिएको छ,’ उनले भने, ‘आईटी टीमले शनिवारसम्ममा समस्या समाधान गर्ने र आईतबारदेखि सेयरको अनलाईन कारोबारमा समस्या नआउने जानकारी दिएको छ ।’

यसैयरी छलफलभा सहभागी भएका धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले पनि अर्थमन्त्रालमा भएको त्रिपक्षीय छलफलमा नेप्सेले हाल समस्या समाधानका लागि द्वूत गतिमा काम गरिरहेको जानकारी दिएको र यदि समयसिमा भित्र काम नभएमा थप एक्सनले उत्रने जानकारी दिए । ‘आज भएको फलफले एकदमै सकारात्मक निष्कर्ष निकालेको छ,’ उनले भने, ‘अबका दिनमा तोकिएकै समयमा काम नभएर पुन उस्तै समस्या दोहोरिरहयो भने यस विषयमा बोर्डले थप प्रक्रिया अघि बढाउने छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL