बिजखबर संवाददाता
११ असोज, काठमाडौं । सोमबार स्थानीय बजारमा सुनको मुल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।
गत हप्ता प्रतितोला ८ सय रुपैयाँले बढेर ५१ हजार रुपैयाँमा कारोवार भएको सुन आज ५१ हजार १ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
गत हप्ता घटवढ भएको चाँदीको मुल्य भने यस हप्ता स्थिर रहेको छ । बजारमा चाँदी प्रतितोला ७ सय रुपैयाँमा कारोवार भइरहेको छ ।