Logo

हुण्डाईको ‘औरा’ नेपाली बजारमा, बजार मूल्य ३३ लाख ९६ हजार

हुण्डाईको ‘औरा’ नेपाली बजारमा, बजार मूल्य ३३ लाख ९६ हजार



काठमाडौं । कोरियन मोटर निर्माता कम्पनी हुण्डाईको ‘हुण्डाई औरा’ नेपाली बजारमा भित्रिएको छ । हुण्र्डाको नेपालको लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले उक्त गाडिलाई नेपाली बजारमा भित्र्याएको हो ।

सो गाडिको नेपाली बजारमा सार्वजनिक गर्दै लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक रूपेश शर्मा भट्टले सेडान गाडीहरु नेपाली बजारमा लोकप्रिय भएको र बजारलाई एक स्टाइलिश, विलासी र आरामदायी सेडान प्रदान गर्ने उद्देश्य अनुरुप हुण्डाईले औरा नेपाली बजारमा ल्याएको बताए । यस ब्रान्डले ग्राहकहरुबाट उल्लेखनीय प्रशंसा प्राप्तगर्नका लागि सक्षम भएको र यसले हुण्डाईको लिगेसीलाई जारी राख्ने बताए

‘नयाँ हुण्डाई औरा एक आकर्षक सेडानको निम्ती विकसित गरीएको हो ,जुन हृदयबाट जवान रहेका ग्राहकहरुकोलागि लक्षित गरी बनाइएको छ,’ उनले भने, ‘यस गाडीको डिजाईन एक उत्कृष्ट नमुना बनेको छ जस्ले आधुनिक र प्रभावशाली डिजाईनको साथै हुण्डाईको उत्कृष्ट डिजाईन भाषा ‘सेन्सियस स्पोर्टनेस’माबनेको छ ।’

नेपाली बजारमा उक्त गाडि विभिन्न चार करलमा उपलब्ध छन् । फेरी रेड, टाईटन ग्रे, टफन सिल्भर र पोलर ह्वाईटमा उपलब्ध उक्त गाडिको बजार मूल्य ३३ लाख ९६ अजनर रुपैयाँ रहेको छ । उक्त गाडि १.२ कप्पा ड्युल पेट्रल इञ्जिनमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्