Logo

प्रि ओपनिङ र अनलाईनमा समस्या आएपछि बोर्डले नेप्सेलाई छलफलमा बोलायो, १० कित्ता कारोबारले मूल्य बढाउन नपाइने

प्रि ओपनिङ र अनलाईनमा समस्या आएपछि बोर्डले नेप्सेलाई छलफलमा बोलायो, १० कित्ता कारोबारले मूल्य बढाउन नपाइने



काठमाडौं । प्रिओपनिङ र अनलाईन ट्रेडिङमा समस्या आएपछि धितोपत्र बोर्डले सो विषयमा छलफल गर्न नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)लाई बोलाएको छ । प्रिओपनिङमा १० कित्ता कारोबारले सेयर मूल्य ५ प्रतिशतसम्म घटबढ गर्ने क्रम बढेसँगै यसले बजारमा स्थायित्व नदिने भन्दै नयाँ मोडालिटी तय गर्न बोर्डले नेप्सेलाई छलफलमा बोलाएको हो ।

नेप्सेको अनलाईन ट्रेडिङले सहज रुपमा काम नगर्दा लगानीकर्ताले ठूलो समस्या भोग्नु परेको तथा प्रिओपनिङ कोरोबारमा भैरहेको मूल्य घटवढले बजारमा अस्थिरता ल्याएसँगै नेप्सेलाई छलफलमा बोलाईएको बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए । ‘करिब २० खर्बको पूँजीकरण रहेको नेपालको सेयर बजारमा नेप्सेको अनलाईन प्रणालीले काम नगर्दा लगानीकर्ता माथिको विश्वासनीयता गुम्नेछ,’ उनले भने, ‘यसलाई थप व्यस्थित गरेर लगानीकर्तालाई सहज सेवा दिनका लागि पनि नेप्सेसँग आजै छलफल गर्दैछौं ।’

यसैगरी पछिल्लो समय सीमित लगानीकर्ताहरुले प्रिओपनिङ कारोबारमा १० कित्ता सेयर कारोबार गरेर मूल्यमा अस्थिरता ल्याउने थालेसँगै यसलाई पनि व्यस्थित गरिने उनको भनाई छ । ‘अहिले हामीले प्रिओपनिङ कारोबारलाई दुई मोडालिटीबाट व्यवस्थित गर्न खोजिरहेका छौं,’ ढुंगानाले भने, ‘पहिलो १० कित्ता कारोबाटबाट मूल्य घटवढ गर्न रोक लगाउने छौ भने दोस्रो प्रि ओपनिङमा भएको कारोबारलाई आधार मानेर सर्किट लगाउन समेत रोक लगाईने तयारी गरेका छौं ।’

अहिले प्रि ओपनिङमा कम्पनीको सेयर मूल्य ५ प्रतिशतसम्म घटवढ गर्ने र त्यसैको आधारमा लेगुलर बजार खुल्ने वित्तिकै सर्किट ब्रेक लगाग्दै आएको छ । तर अबका दिनमा अबका दिनमा प्रिओपनिङको बाहेक नेप्से परिसुचक थप ४ प्रतिशतले घटवढ भएमा मात्रै सर्किट ब्रेक लगाउने मिल्ने व्यवस्था गर्ने तयारी गरिएको ढुंगानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL