Logo

सामुहिक लगानी कोष नियमावली संशोधन, फण्ड म्यानेजरले खुलामुखी इकाई खरिद गर्दाको शुल्क लिन नपाउने

सामुहिक लगानी कोष नियमावली संशोधन, फण्ड म्यानेजरले खुलामुखी इकाई खरिद गर्दाको शुल्क लिन नपाउने



काठमाडौं । सामुहिक लगानी कोषको फण्ड म्यानेजर (योजना व्यवस्थापक)ले खुलामुखी योजना इकाईको पुर्नखरिद गर्दा शुल्क लिन नपाउने भएका छन् । यस अघि इकाइधनीले खुलमुखी योजनाको इकाई बिक्री गर्दा तिनुपर्ने शुल्क योजना व्यवस्थापकले नै लिँदै आएकोमा धितोपत्र बोर्डले सामुहिक लगानी कोष नियमावलीको चौथो संसोधन गर्दै अबका दिनमा उक्त शुल्क (एक्जिट फि) योजनको आयमा लेखांकन गर्नुपर्ने व्यवस्था गरेको हो ।

यस अघि उक्त आयको लेखांकन योजना व्यवस्थापकले गर्दै आएकोमा नयाँ व्यवस्थासँग इकाइधनी (लगानीकर्ता) को कोष मजबुत भई बढी प्रतिफल पाउन सहयोग पुग्ने बोर्डले जानकारी दिएको छ । उक्त व्यवस्था लागू भएसँगै खुलामुखी सामूहिक लगानी योजनाको आयमा बृद्धि भई लगानीकर्ताहरुको हित हुने बोर्डको अपेक्षा रहेको छ ।

यसैगरी अबका दिनमा योजना व्यवस्थापक र योजनाको लेखा परिक्षकको नियुक्ती गर्दा बोर्डको अनुमति लिनुपर्ने छैन । तर लेखा परिक्षक नियुक्ती गरेपछि बोर्डलाई जानकारी भने दिनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL