काठमाडौं । आगामी भदौ २५ गतेदेखि आफ्नो व्यवसाय संचालन गर्ने घोषणा गरेका छन् । पछिल्लो समय कहिले लकडाउन, कहिले निशेधाज्ञा भन्दै अटो व्यवसायी नै धरापमा परेको भन्दै नाडा अटोमोबाईल एशोसिएसनले उक्त घोषणा गरेको हो ।
एशोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलालसहितको सोमबार बसेको पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो । अध्यक्ष दुलालले पछिल्लो समय अटो व्यवसायी ठुलो मारमा परेको भन्दै यस्तो निर्णय गरेको बताए । उनका अनुसार सरकारले कोरोनाको बहानामा उद्योगधन्दा चौपट र व्यवसाय डामाडोल गर्ने नीति लिएकाले व्यवसायीले जबर्जस्ती उक्त निर्णय लिनुपरेको होे ।
आज बसेको बैठकमा सरकारले निशेधाज्ञा थपेपनि सोही अनुसार अटो क्षेत्रका ग्यारेज, डिलर, सर्भिस सेन्टरलगायतका सबै क्षेत्रहरु खुला गर्ने निर्णय भएको हो ।
सरकारले जारी निशेधाज्ञा भदौ २५ गतेसम्म तोकेको छ । यस्तै अन्य विभिन्न अत्यावश्यक सेवालगायत पनि बन्द गरिएको छ ।