बिजखबर संबाददाता
८ असोज,काठमाडौं । साताको अन्तिम दिन शुक्रवार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ ।
सो मूल्यबृद्धिसँगै सुन प्रतितोला ५१ हजार रुपैयाँ पुगेको छ । बिहीवार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ५० हजार ६ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ । सो दिन चाँदी ७ सय रुपैयाँले कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।