Logo

जलविद्युतले बजार उचाल्दा बीमाले बढायो कारोबार, यसकारण झुम्मिए हाइड्रोमा लगानीकर्ता !

जलविद्युतले बजार उचाल्दा बीमाले बढायो कारोबार, यसकारण झुम्मिए हाइड्रोमा लगानीकर्ता !



काठमाडौं । लामो समयदेखि आईपीओ मूल्य (प्रतिकित्ता १००) भन्दा तल रहेको जलविद्युत कम्पनीको सेयरमा बुधबार पोजेटिभ सर्किट हानेको छ । बुधबार जलविद्यतु कम्पनीको सेयर मुल्य औषतमा ९.२३ प्रतिशतले उकालो लागेका छन् ।

बुधबार बजार खुलेदेखि उकालो लागेको नेप्से परिसुचकको उच्च बढ्ने १० कम्पनीको सूचीमा प्रायःजसो जलविद्युत कम्पनी रहेका छन् । पछिल्लो समय नेप्से परिसुचक उकालो लाग्दै गर्दा लगानीकर्ता सस्तो मूल्य भएका कम्पनीका सेयरको खोजीमा लाग्दा जलविद्युत समुहका कम्पनीहरुको सेयर मूल्य बढ्न पुगेको छ ।

पछिल्लो समय बजारमा सेयर कर्नरिङले बढी प्राथमिकता पाएको र जलविद्युत समुहका कम्पनीको सेयर मूल्य सस्तो हुँदा त्यस्ता समुहहरु जलविद्युतमा आकर्षित हुन पुगेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘पछिल्लो समय बढ्दो बजारमा समग्र कम्पनी पनि भन्दा क्षेत्रगतरुपमा सेयर बजारमा चलखेल भैरहेको छ,’ एक लगानीकर्ताले भने, ‘सोही अनुरुप आज लगानीकर्ताहरु जलविद्युतको सेयरमा झुम्मिएका हुन् ।’ सस्तो तथा थोरै कित्ता भएको सेयर कर्नरिङ गर्न सहज हुने भएकाले पनि सिमित समुहहरु जलविद्युतको सेयरमा होमिएका छन् ।’

जलविद्युतले उचालेको बजारमा कारोबार रकम भने बीमा समुहको परिसुचकले बढाएको छ । बुधबार बजारमा नेपाल रिइन्स्योरेन्सको सबैभन्दा बढी साढे ६७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बजारमा सबैभन्दा बढी कारोबार हुने १० कम्पनीमा ७ कम्पनी बीमा समुहका रहेका छन् ।

बजारमा बीमा समुहका परिसचकहरु घटेपनि टर्नओभर भने उच्च रहेको छ । दोहोरो अंककले बढेको बजारमा बीमा समुहका परिसुचकहरु भने तेहेरो अंकमा घट्न पुगेका छन् । २५ अंकले बढेको नेप्से परिसुचकमा निर्जीवन बीमा समुहको परिसुचक भने १२६ अंकले घट्न पुगेको छ । यसैगरी जीवन बीमा समुहको परिसुचक पनि ८८ अंकले ओरालो लागेको छ ।

तर बजारमा अन्य समुहका परिसुचक भने उकालो लागेका छन् । बुधबार सबैभन्दा बढी जलविुद्यत समुहको परिसुचक ९२ अंकले उकालो लागेको छ भने बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको पसिुचक १९.७८ अंकले बढ्न पुगेको छ ।

यसैगरी बजारमा विकास बैंक समुह २६, व्यापार समुहका १६, अतिरिक्त ३७, उत्पादनमुलक ३१, र माईक्रोफाइनान्स समुहको परिसुचक १७ अंकले उकालो लागेको छ ।

बुधबार इन्स्योरेन्स समुहका कम्पनीको टर्नओभर उच्च हुँदा कारोबार रकम बढेर ४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । जसमा १८६ कम्पनीको ९६ लाख ८६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL