Logo

चन्द्रागिरीदेखि डिसहोमसम्म १६ कम्पनीको साढे ४ अर्बको आईपीओ आउँदै, कुन कम्पनीको कति ? (सूचीसहित)

चन्द्रागिरीदेखि डिसहोमसम्म १६ कम्पनीको साढे ४ अर्बको आईपीओ आउँदै, कुन कम्पनीको कति ? (सूचीसहित)



काठमाडौं । सरकारले रियल रेक्टरलाई पनि सेयर बजारमा ल्याउने नीति अनुरुप धेरै कम्पनीहरु प्राथमिक सेयर (आईपीओ) जारी गर्नका लागि धितोपत्र बोर्ड समक्ष पुगेका छन् । पछिल्लो समय डिस होम, चन्द्रगिरी हिल्स, इमर्जिन नेपाल लगायतका कम्पनीले आईपीओ जारीका लागि धितोपत्र बोर्ड समक्ष निवेदन दिएका हुन् ।

यसैगरी नयाँ आएका इन्स्योरेन्स कम्पनी देखि जलविद्युत कम्पनीहरु पनि प्राथमिक सेयर निष्काशनका लागि धितोपत्र बोर्ड समक्ष पुगेका छन् । हालसम्म बोर्डमा १६ ओटा कम्पनीले आईपीओ निष्काशनका लागि आवेदन दिएका छन् । जसमध्ये पछिल्लो समय सानिमा जनरल इन्स्योरेन्से आईपीओ निष्काशनका लागि आवेदन दिएको हो ।

हालसम्म बोर्डमा १६ ओटा कम्पनीले कुल ४ अर्ब ४५ करोड ५५ लाख २८ हजार ७ सय २० रुपैयाँ बराबरको ४ करोड ४४ लाख ७३ हजार ७४६ कित्ता आइपीओ निष्काशनका लागि आवेदन दिएको बोर्डको तथ्याङ्कमा उल्लेख छ ।

ती कम्पनीहरुले न्यूनतम ३ लाख कित्तादेखि १ करोड ५० लाख कित्तासम्म सेयर निष्काशनको माग राख्दै बोर्ड समक्ष आवेदन दिएका छन् । जसमा सबैभन्दा कम सीवीआईएल क्यापिटलले ३ लाख कित्ता प्राथमिक सेयर निष्काशन गर्दै छ भने सबैभन्दा बढी मध्य भोटेकोशीको डेढ करोड कित्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्