Logo

२२ अंकले बढेको बजारमा ३ अर्ब ४६ करोडको कारोबार, होटल समुहको परिसुचक ओरालो लाग्यो

२२ अंकले बढेको बजारमा ३ अर्ब ४६ करोडको कारोबार, होटल समुहको परिसुचक ओरालो लाग्यो



काठमाडैं । पछिल्लो समय लगातार उकालो लागिरहेको नेप्से परिसुचकको उकालो यात्रा आज पनि जारी रह्यो । सोमबार नेप्से परिसुचक २२ दशमलव ३१ अंकले उकालो लाग्दै १४ सय ८४ विन्दुमा पुगेर अड्किएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सोमबार बिहानैदेखि बढेको बजार दिउँसो साढे १ बजेपछि पुनः ओरालो लाग्दै अन्तिममा २२ अंकले बढेको हो ।

आज सबै समुहका परिसुचकहरु उकालो लाग्दा होटल समुहको परिसुचकमा भने गिरावट आएको छ । सोमबार होटल समुहको परिसुचक शुन्य दशमलव ७७ प्रतिशतले ओरालो लागेको हो ।

बजारमा आज बीमा समुहको परिसुचकमा ठुलो उछाल आएको छ । नेप्सेका अनुसार आज निर्जिबन बीमा समुहको परिसुचक २३३ अंकले उकालो लाग्दा जिबन बीमा समुहको परिसुचक २६० अंकले उकालो लागेको छ ।

यस्तै बजारमा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक सोमबार ४ दशमलव ९५ अंकको वृद्धि हुँदा उत्पादनमुलक समुहको परिसुचक भने ८८ अंकले बढेको छ । यस्तै जलविद्युत समहुको परिसुचकमा ३३ अंकले वृद्धि हुँदा अन्य समुहको परिसुचक भने ३७ अंकले वृद्धि भएको छ ।

दिनभर कारोबार भएको बजारमा ५ प्रतिशतमाथी कुनै कम्पनीको सेयरमूल्य बढेन । तर २२ अंकले बढेको बजारमा ३ अर्ब ४६ करोड २५ लाख ८६ हजार १ सय २५ रुपैयाँको सेयर किनबेच भएको छ । आज विभिन्न १८९ कम्पनीका ७७ लाख ६३ हजार ५६ कित्ता सेयर किनबेच भएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL