Logo

सोनी व्राभियाका एण्ड्रोइड टिभी बजारमा,आकार र सुविधा अनुसार मूल्य फरक

सोनी व्राभियाका एण्ड्रोइड टिभी बजारमा,आकार र सुविधा अनुसार मूल्य फरक


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

७ असोज,काठमाडौ । सोनी व्राभियाका एण्ड्रोइड टिभीहरु नेपाली बजारमा आएको छ । सोनीको नेपालका लागि आधिकारिक विक्रेता नेपा हिमा ट्रेड लिंकले बिहीबार टिभीका सेटहरु सार्वजनिक गरेको हो ।

व्राभियाका एण्ड्रोइड सिस्टमका नयाँ टेलिभिजन सेटमा डब्लु८०० सी र एक्स सिरिज मोडलका छन् । कम्पनीले व्राभियाको ४के१ र फुल एचडी२ सिरिजका सेटहरु पनि ल्याएको जानकारी दिएको छ । यी टिभीहरुमा लेटेस्ट एण्ड्रोइड टिभी अपरेटिङ सिस्टम छ । साथै गुगल प्ले, गुगल कास्ट, भ्याइस सर्चलगायतका विशेषता छन् ।

सोनीका एक्स, डब्लु र आर सिरिजका व्राभिया टिभीहरु विभिन्न साइज र रेञ्जमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यी टेलिभिजनको मूल्य भने आकार र सुविधा अनुसार फरक पर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्