Logo

प्रतितोला ४ सय रुपैयाँले बढ्यो सुन, चाँदी भने यथावत

प्रतितोला ४ सय रुपैयाँले बढ्यो सुन, चाँदी भने यथावत


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

७ असोज, काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । केही समय यता स्थिर रहेको सुनको मुल्य विहीबार बढेको हो ।

बजारमा सुनको मुल्य बढेर प्रतितोला ५० हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । केही दिनयता बजारमा सुन प्रतितोला ५० हजार २ सय रुपैयाँमा किनबेच भइरहेको थियो ।

बजारमा चाँदीको मुल्य भने स्थिर रहेर प्रतितोला ६ सय ९० रुपैयाँमा किनवेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL