Logo

लकडाउनमा म्याद सकिएका सवारी लाईसेन्सको नविकरण गर्दा जरिवाना नलाग्ने, भदौ मसान्तसम्म नविकरण गर्न पाईने

लकडाउनमा म्याद सकिएका सवारी लाईसेन्सको नविकरण गर्दा जरिवाना नलाग्ने, भदौ मसान्तसम्म नविकरण गर्न पाईने



काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्ने म्याद लकडाउनको अवधिमा सकिएकाले भदौ मसान्तसम्म नवीकरण गर्न पाउने भएका छन्।

यातायात व्यवस्था विभागले सोमबार साँझ एक सूचना जारी गर्दै लकडाउनको कारणले ढिलो भएबापत् बुझाउनु पर्ने शुल्क जरिवाना मिनाहा गरेको हो । उक्त् निर्णयअनुसार सेवाग्राहीले चैत ११ पछि म्याद सकिएको भए भदौ मसान्तसम्म कुनै जरिवाना तिर्नुपर्ने छैन।

नेपाल सरकारको साउन ५ गतेको जरिवाना मिनाहाको निर्णय कार्यान्वयनको लागि विभागको ‘सिस्टम मोडिफिकेसन’ समेत भइसकेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्