Logo

४० अंकले घट्यो नेप्से, अधिकांश समुह ओरालो

४० अंकले घट्यो नेप्से, अधिकांश समुह ओरालो


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

५ असोज,काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाको पूँजी बृद्धि गर्ने निणर्यसँगै उकालो लागेको नेप्से परिसुचक बैंकहरुले ल्याएको पूँजी बृद्धि योजना पछि पूनः ओरालो लागेको छ । मंगलवार नेप्से परिसुचक ३९ दशमलव ९४ अंकले ओरालो लागेको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से अन्तमा १ हजार १ सय ५६ दशमलव ०८ अंकमा झरेर बन्द भएको हो ।

मंगलवार अधिकांश कम्पनीको परिसुचक ओरालो लागेकोले समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय ७७ अंकले ओरालो लागेको छ ।

त्यस्तै जलविद्युत समुहको ६७ दशमलव ५५, होटल समुहको ५८ दशमलव ३५ अंकले घटेको छ । यसैगरी नेप्सेमा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक ४८ अंकले घटेको छ । विकास बैंक समुह २० दशमलव ०७अंकले घटेको छ भने अन्य समुहको परिसुचक ९ दशमलव ४ र फाइनान्स समुहको परिसुचक ४ दशमलव १२ अंकले ओरालो लागेको छ ।

यता उत्पादन समुहको परिसुचक भने ३ दशमलव १३ अंकले बढेको छ । मंगलवार कुल १ सय २९ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको ५३ करोड २९ लाख रुपैयाँ बराबरको ८ लाख ३६ हजार ७ सय कित्ता सेयरबाट कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्