Logo

गृह मन्त्रालयलाई धितोपत्र बोर्डको पत्र, कर्मचारीको आवागमनमा सहयोग पुर्याउनु

गृह मन्त्रालयलाई धितोपत्र बोर्डको पत्र, कर्मचारीको आवागमनमा सहयोग पुर्याउनु



काठमाडौं । नेपाल धितोपत्र बोर्डले नियमन गर्ने संस्थाहरुका लागि सवारीको सहआगमनलाई सहजीकरण गर्नका लागि गृह मन्त्रालयलाई आग्राह गरेको छ । बोर्डले बिहीबार एक पत्र लेख्दै नियमन गर्ने संस्थाहरु पुँजी बजारको नियमीत सेवा प्रदायक भएकोले ती संस्थाहरुले न्युन कर्मचारीबाट नियमित सेवा सञ्चालन गर्नुपर्ने भएकोले ती संस्थाहरुमा अधिकतम २ जना कर्मचारी कार्यालय सञ्चालनका लागि सवारीको सह आवागमनको लागि सहयोग गर्न आग्रह गरेको हो ।

उपत्यकामा कोरोनाको संक्रमण बढेसँगै सरकारले निषेधाज्ञा लागु गरेको छ । यो समयमा कर्मचारी आवत जावत गर्न समस्या हुने भन्दै बोर्डले मन्त्रालयलाई यस्तो पत्र लेखेको हो ।

बोर्डले मन्त्रालयलाई लेखेको पत्रमा हाल नेपालको पुँजी बजारमा सम्पूर्ण कारोबार अनलाइन मार्फत हुन सक्ने व्यवस्था भएको समेत जनाएको छ । हाल सम्पूर्ण कारोबार अनलाइन मार्फत हुन सक्ने व्यवस्था भएकोले कारोबार सञ्चालन राख्ने बोर्डको निर्णय भएको समेत जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL