काठमाडौं । सरकारले लागू गरेको निषेधाज्ञाको पहिलो दिन नेप्से परिसुचक उकालो लागेको छ । साताको अन्तिम दिन बजार खुलेदेखि नै उकालो लागेको बजार अन्तमा ६ दशमलव २८ अंकले बढ्न पुगेको हो ।
बजारमा बीमा, ब्यापार तथा उत्पादनमुलक समुहका परिसुचक उकालो लाग्दा समग्र नेप्से परिसुचक बढ्न पुगेको हो । यसैगरी बजारमा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक पनि उकालो लागेको छ ।
बिहीबार परिसुचक बढ्दा कारोबार रकममा भने उच्च गिरावट आएको छ । दिनभर कुल ३९ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जसमा १८२ कम्पनीको १२ लाख १४ हजार कित्ता सेयर कारोबार भएको छ ।