काठमाडौं । लिवर्टी इनर्जी कम्पनीको आइपीओमा पहिलो दिनमै १० करोड रुपैयाँ बढीको आवेदन परेको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार बुधबार साँझ ५ बजेसम्म १० करोड २ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।
आज साँझ ५ बजेसम्ममा २६ हजार १ सय ९० जनाले १० लाख २ हजार ६० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले बुधबारबाट सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९ सय ३० कित्ता सेयर बिक्री खुला गरेको हो । प्रतिसेयर १ सय अंकित मूल्यमा सर्वसाधारणले सेयर पाउनेछन् ।
स्थानीय बासिन्दाहरुका लागि यसअघि निष्कासन गर्दा बिक्री नभएको १३ लाख १५ हजार ९ सय ३० कित्ता समेत थप गरी ३५ लाख ६४ हजार ९३० कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा ल्याइएको हो । यस आइपीओमा लगानीकर्ताले छिटोमा भदौ ७ गते सम्म आवेदन दिन पाउनेछन् ।
उक्त समयमा सबै सेयर बिक्री नभएमा भदौ १७ गतेसम्म भर्न समय पाइनेछ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । यस एनर्जीको आइपीओले ग्रेड ४ रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दाकम आधार जनाउने रेटिङ दिएको हो । यसले लमजुङ जिल्लाको फलेनी र दोदेनी गाउँपालिकामा, २५ मेगावटको अपर दोर्दी ‘ए’ हाइड्रोपावर निर्माण गरिरहेको छ ।