Logo

बुधबार दोहोरो अंकले घट्यो नेप्से परिसुचक, ९७ करोडको कारोबार

बुधबार दोहोरो अंकले घट्यो नेप्से परिसुचक, ९७ करोडको कारोबार



काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा १६ दशमलव ६० अंकको गिरावट आएको छ । पछिल्लो समय उत्तारचढाव भईरहेको बजारमा बुधबार दोहोरो अंकको गिरावट आएको हो । नेप्सेका अनुसार सबै समुहका परिसुचकमा गिरावट आउँदा बीमा समुहको परिसुचकमा सबैभन्दा बढी गिरावट आएको छ । बुधबार जीबन बीमा समुहको परिसुचकमा १३६ अंकको गिरावट आउँदा निर्जिवन बीमा समुहको परिसुचकमा ११३ अंकको पहिरो गएको छ ।

यस्तै बजारमा धेरै प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक भने १५ अंकले ओरालो लागेको छ । साथै उत्पादनमुलक समुहको परिसुचकमा बुधबार ४० अंकको गिरावट आउँदा होटल समुहको परिसुचकमा ४ अंकको पहिरो गएको छ ।

दिनभर कारोबार भएको बजारमा १८५ कम्पनीका २४ लाख ७४ हजार ३२९ कित्ता सेयर किनबेच भएका छन् । जसमार्फत ९७ करोड ६२ लाख ३५ हजार ५९ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार लगानीकर्ताहरु समृद्धि फाईनान्सको सेयरमा झुम्मिदा पोजेटिभ सर्किट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL