Logo

कार्यान्वयनमै आउन नसक्ने ब्रोकर मार्जिन लेण्डिङ, अनुमति लिएको १ बर्ष वित्दा पनि ब्रोकरले दिन सकेनन् मार्जिन कर्जा

कार्यान्वयनमै आउन नसक्ने ब्रोकर मार्जिन लेण्डिङ, अनुमति लिएको १ बर्ष वित्दा पनि ब्रोकरले दिन सकेनन् मार्जिन कर्जा



काठमाडौं । नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डले ब्रोकरलाई मार्जिन लेण्डिङ कारोबार गर्नका लागि अनुमति दिएको १ बर्ष वित्दा पनि कार्यान्वयनमा भने समस्या उत्पन्न भएको छ । नेपाल धितोपत्र बोर्डले कार्यबिधी बनाएर ब्रोकरलाई मार्जिन लेण्डिङका लागि अनुमति दिएपनि उक्त कार्यविधीमा भएको अव्यवहारिक व्यवस्था अनुसार मार्जिन कारोबार गर्न नसकिएको नेपाल स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष भरत रानाभाटले जानकारी दिए ।

धितोपत्र बोर्डले ब्रोकरले प्रबाह गर्ने मार्जिन प्रकृतिका कर्जाको सिमा ५० प्रतिशत, छनौटमा परेका ३२ वटा भन्दा बढी सुचिकृत कम्पनीका लागि मार्जिन कर्जा प्रबाह गर्न नपाउने तथा ब्रोकरबाट माजिन कर्जा लिने लगानीकर्ताले उक्त कर्जाको एउटा कम्पनीमा १० प्रतिशतभन्दा बढी रकम लगानी गर्न नपाउने व्यवस्था छ । केही समयअघि बोर्डले उक्त कार्यविधीमा संसोधन गर्दै ब्रोकरले पनि बैंक तथा वित्तीय संस्थालेझै मार्जिन कर्जामा ७० प्रतिशतसम्म कर्जा प्रबाह गर्न पाउने व्यवस्था गरिदिएको छ । तर ब्रोकरबाट लिएको मार्जिन कर्जामध्ये एउटा कम्पनीमा १० प्रतिशतभन्दा बढी रकम लगानी गर्न नपाउने व्यवस्थाले गर्दा कुनै पनि लगानीकर्ताले मार्जिक कर्जा नलिने रानाभाट बताउँछन् ।

धितोपत्र बोर्डले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिन, २०७४ तथा ब्रोकरलाई मार्जिन कारोबार गर्न दिने मापदण्ड बनाएर ब्रोकरले पनि मार्जिक कारोबार गर्न सक्ने व्यवस्था गरेको थियो । त्यसपश्चात स्प्रेडदर र राष्ट्र बैंकको स्वीकृतिजस्ता कारणले गर्दा लामो समय अन्यौलमा रहेको ब्रोकर मार्जिक कारोबार एउटा कम्पनीमा १० प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने व्यवस्थाले थप अन्यौलमा परेको हो ।

‘ब्रोकरले मार्जिन कर्जा प्रबाह गर्दा बढी रिस्क हुने भन्दै कार्यविधीले सिमिति कम्पनीमा मात्र त्यस्ता कर्जा प्रबाह गर्न पाउने व्यवस्था गरिदिएको छ त्यसलाई हामीले स्वीकार गरेका छौं,’ उनले भने, ‘तर लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट मार्जिन प्रकृतिका कर्जा लिँदा त्यसरी लिएको कर्जाले एउटै मात्र कम्पनीको सेयर खरिद गर्न सक्ने तर ब्रोकरबाट लिएको मार्जिक प्रकृतिका कर्जाले १० प्रतिशतका दरले १० वटा कम्पनीको सेयर खरिद गर्नुपर्ने अब्यवहारिक व्यवस्था लागू गरियो ।’ उनी भन्छन्–केही समय अघिसम्म ब्रोकरले प्रदान गर्ने मार्जिन कर्जाको सिमा पनि बैंक तथा वित्तीय संस्थाको बराबर बनाउन पर्छ भन्ने लविङ गरियो त्यसमा सफल भयौ तर लगानीको सिमाले गर्दा अझै बढी समस्या आएको छ ।

हाल मार्जिन कारोबारका लागि २१ ओटा ब्रोकरले नेपाल राष्ट्र बैंकबाट अनुमति दिएर बसेका छन् । नेपाल स्टक एक्सचेञ्जको सिफारिसमा मार्जिन कारोबारका लागि ब्रोकरले लामो समयदेखि अनुमति दिएर बसेपनि अब्यवहारिक व्यवस्थाका कारण हालसम्म कार्यान्वनयमा आउने नसकेको सम्बद्ध ब्रोकरहरु बताउँछन् ।

‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिन, २०७४ तथा ब्रोकरलाई मार्जिन कारोबार गर्न दिने मापदण्ड अनुसार ब्रोकरले खुद सम्पतीको दुई गुणासम्म मार्जिन लेण्डिङ गर्न पाउनेछन् । अहिले ५० वटा ब्रोकर कम्पनी संचालनमा छन् । जसमध्ये करिब २५ वटा ब्रोकर कम्पनीले १० करोड रुपैयाँ दरले मार्जिन लेण्डिङ गर्न सक्नेछन् ।

ब्रोकरबाट मार्जिन कर्जाको सुविधा लिँदा लगानीकर्ताले प्लेजमा राखेको सेयर बिक्री तथा सहज रुपमा कर्जा लिन सक्ने भएपनि कार्यविधीमा भएको अब्यवहारिक निर्णयका कारण हालसम्म कार्यान्वयनमा ल्याउन नसकिएको सम्बद्ध ब्रोकरहरु बताउँछन् ।

यसैगरी लगानीकर्ताहरु पनि अहिलेको व्यवस्था अनुसार ब्रोकरबाट लिएको मार्जिन कर्जाले पूँजी बजारमा लगानी गर्न नसकिने बताउँछन् । ‘हामी लगानीकर्ताले कतिओटा कम्पनी भन्दा पनि कुन कम्पनीको सेयर किन्दा बढी सुरक्षित र फाइदा हुन्छ त्यसैमा लगानी गर्ने हो,’ ती लगानीकर्ताले भने, ‘तर ब्रोकरबाट मार्जिन कर्जा लिँदा कम्तीमा १० ओटा कम्पनीको सेयर किन्नुपर्ने व्यवस्थाका कारण त्यस्तो कर्जा लिएर कामै छैन ।’ मार्जिक कर्जा लिँदा कुन कम्पनीमा कति लगानी गर्न पाईने भन्ने सिमा तोक्न नहुने उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL