Logo

अब मर्जर तोड्ने अधिकार साधारणसभालाई मात्र : डेढ महिनाभन्दा बढी सेयर कारोबार रोक्का राख्न नपाईने, डीडीए पछि मात्र एमओयू

अब मर्जर तोड्ने अधिकार साधारणसभालाई मात्र : डेढ महिनाभन्दा बढी सेयर कारोबार रोक्का राख्न नपाईने, डीडीए पछि मात्र एमओयू



काठमाडौं । अबका दिनमा सूचिकृति संस्थाहरु एक आपसमा मर्जर तथा एक्विजिशनमा जाँदा डेढ महिनाभन्दा बढी सेयर कोरोबार रोक्का गर्न नपाईने भएको छ । नेपाल धितोपत्र बोर्डले पहिलो पटक सूचिकृत संगठिन एक आपसमा गाभ्ने गाभिने प्राप्ति सम्बन्धी निर्देशिकाको मस्यौदा तयार गर्दै उक्त व्यवस्था गरेको हो ।

साथै यस अघि सूचिकृत संस्थाहरु एक आपसमा गाभ्ने गाभिने सम्झौता गरेपछि लामो समयसम्म त्यस्ता कम्पनीको सेयर कारोबार नहुँदा लगानीकर्ताहरु मारमा परेका कारण उक्त व्यवस्था गरिएको बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए । ‘अहिले कुनै दुई संस्थाबीच मर्जर सम्झौता भएपछि १ बर्षभन्दा बढी समयसम्म एकिकृत कारोबार नहुने तर त्यसका कारण लगानीकर्ताको सेयर कारोबार हुन नपाई बन्दक भएर बसेका उदाहरणहरु थुप्रै छन्,’ उनले भने, ‘जसका कारण लगानीकर्ता मारमा परेका कारण अब मर्जर तथा एक्विजिशनको प्रारम्भिक सम्झौता भएको डेढ महिना भित्रै दुबै संस्थाले साधारण सभा गरेर सेयर कारोबार खुला गरिसक्नु पर्नेछ ।’

अबका दिनमा डेढ महिना भित्रै सेयर स्वाप अनुपात टुङ्गो लगाएर सधारणसभाले उक्त मूल्यलाई स्वीकृत दिएर नयाँ मूल्य अनुसार कारोबार गराउने वा मर्जर तथा एक्विजिशन तोडेर आआफ्नै तरिकाबाट पुरानै मूल्य अनुरुप सेयर कारोबार गर्ने भन्ने विषयमा टुङ्गो लगाउनु पर्ने उनको भनाई थियो । हाल सर्वसाधारणका लागि जारी गरिएको निर्देशिकाको मस्यौदा यथासक्दो छिटो कार्यान्वनमा ल्याउने अबका दिनमा मर्जर तथा एक्विजिशन हुँदा डेढ महिनाभन्दा बढी सेयर कारोबार रोक्का नहुने उनको भनाई थियो ।

यस अघि मर्जर तथा एक्विजिशनको विषयमा नेपाल राष्ट्र बैंकले हेर्दै आएपछि ऐन अनुसार लगानीकर्ताको हित तथा संरक्षण गर्ने जिम्मा बोर्डको भएका सो सम्बन्धमा निर्देशिका नै बनाएर कार्यान्वयनमा ल्याउन लागिएको ढुंगानाको दावी थियो । सेयरको स्वाप रेसियो, सेयर रोक्का तथा सेयरको मूल्य फरकजस्ता विषय धितोपत्र बोर्डले हेर्ने भएको र नियमावली अनुसार पनि बोर्डकै जिम्मा हुने भएको निर्देशिका बनाएर अबका दिनमा बोर्डले नै हेर्ने व्यवस्था गर्न लागिएको उनको भनाई थियो । यस अघि मर्जर तथा एक्विजिशनको काम राष्ट्र बैंकले हेर्दै आएकोमा उक्त मस्यौदा लागू भएपश्चात धितोपत्र बोर्डले हेर्ने छ ।

यसैगरी अबका दिनमा एक आपसमा मर्जरमा जाने संस्थाको सम्पती तथा दायित्व मूल्याङ्कन सहित ड्यु डिलिजेन्स अडिट गराएपछि मात्र मर्जर तथा एक्विजिशनको प्रारम्भिक सम्झौत गर्न पाईने भएको छ । यस अघि मर्जर तथा एक्विजिशनको प्रारम्भिक सम्झौता गरेपछि मात्र डीडीए गर्दा त्यसकै कारण मर्जर भाडिने सम्भावना बढेकाले अबका दिनमा डीडीए गरेर मात्रै प्रारम्भिव सम्झौतामा गर्न पाइने व्यवस्था गरेको ढुंगानाले जानकारी दिए । तर डीडीएको रिपोर्ट सम्वद्ध पक्षले प्रारम्भिव सम्झौतामा हस्ताक्षर नभएसम्म गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धमा कुनै पनि सुचना बाहिर ल्याउने पाईने छैन । तर त्यसरी डीडीए गर्दा मूल्याङ्कनको आधार भने बोर्डलाई जानकारी गराउनु पर्नेछ ।

यसैगरी अबका निदमा संगठित संस्थाले धितोपत्र दर्ताको नयाँ प्रमाणपत्र प्राप्त गर्दा त्यस्ता संगठित संस्थाहरु गाभ्ने गाभिने वा प्राप्ति अघि संगठित संस्थाहरुले बोर्डमा दर्ता गरेको धितोपत्रको अंकित मूल्य भन्दा बढी मूल्य कायम हुन आएमा सो बढी हुन आएको हदसम्म धितोपत्र दर्ता दस्तुर बुझाउनु पर्नेछ ।

साथै मस्यौदाले अबका दिनमा मर्जर तथा एक्विजिशन तोड्ने अधिकार पनि साधारणसभालाई मात्र दिएको छ । यसअघि मर्जर कमिटिले नै मर्जर एक्विजिशन तोड्ने र पछि मात्र साधारणसभामा जानकारी गराउने हुँदा त्यसमा स्वार्थ बाझिने हुँदा अबका दिनका बोर्डले मर्जर तथा एक्विजिशन तोडने अधिकार नै साधारणसभालाई दिएको हो ।

सूचीकृत संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिकाको मस्यौदा हेर्न यहाँ क्लिक गर्नुहोला

प्रतिक्रिया दिनुहोस्
MBL