बिजखबर संबाददाता
४ असोज,काठमाडौं । ललितपुरमा जारी मोवाइल एक्स्पो २०७२ असोज ३ गतेसम्म चल्ने भएको छ । नयाँ संविधानको विरोधमा विप्लव नेतृत्वको पार्टीले गरेको बन्दले प्रभाव पारेको भन्दैसमय थप्न लागेको हो ।
अवलोकनकर्ताहरुको आग्रहमा मेलाको अवधि थप गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।
मेलाको लगनखेलस्थित ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले आयोजना गरेको हो । भदौ २९ गतेदेखि शुरु भएको मेलामा ४ लाख ५० हजार भन्दा बढी अवलोकनकर्ताले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ ।
यसैबिच एक्स्पोको रौनक बढाउन ललितपुर मोबाइल कम्प्लेक्सले असोज २ गते शनिवार सांगितिक कन्सर्टको समेत आयोजना गरिएको थियो ।