Logo

सेयरधनीलाई लाभांश लिन बोलायो नबिल बैंकले, एक महिनाभित्र नलिए नपाईने

सेयरधनीलाई लाभांश लिन बोलायो नबिल बैंकले, एक महिनाभित्र नलिए नपाईने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नबिल बैंकले आफ्ना सेयरधनीलाई नगद लाभांश बुझिलिन सुचना जारी गरेको छ । ५ बर्षभन्दा पुरानो नगद लाभांश नबुझेका सेयरधनीलाई तत्काल त्यस्तो लाभांश बुझिलिन सुचना जारी गरेको हो ।

कतिपय लगानीकर्ताले आर्थिक बर्ष २०७०/७१ को लाभांश समेत लिन नआएकाले तत्काल त्यस्तो लाभांश बुझिलिन आफ्ना सेयरधनीमा सुचना जारी गरेको हो । उक्त लाभांश एक महिनाभित्र बुझिलिन समेत बैंकले सेयरधनीलाई सुसुचित गराएको छ ।

यदि सुचना प्रकाशित भएको मितिले एक महिना भित्र उक्त लाभांश लिन नआएमा कम्पनी ऐन अनुसार स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने समेत बैंकले जानकारी दिएको छ ।

त्यसरी लाभांश बुझिलिन बाँकी लगानीकर्तालाई बैंकको सेयर रजिष्टार नबिल इण्भेष्टमन्ट बैंकिङमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL