Logo

समरसेल मेला १० गतेसम्म चल्ने, जुत्ता चप्पल खरीदमा विशेष छुट

समरसेल मेला १० गतेसम्म चल्ने, जुत्ता चप्पल खरीदमा विशेष छुट


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२ असोज,काठमाडौं । काठमाडौं तथा ललितपुरमा जारी समरसेल मेला असोज १० गते सम्म हुने भएको छ । नेपाली जुत्ता घरले आयोजना गरेको मेला साउन २१ गतेदेखि सञ्चालन गरिएको थियो । मेला जमल, महाराजगञ्ज, नमस्ते सुपरमार्केट, पूल्चोक र कुमारीपाटीका शोरुमहरुमा भइरहेको छ ।

मेलामा नेपाली बं्राण्डेड जुत्ता उत्पादक कम्पनीहरु बी.एफ.डियर हिल सुज, शिखर सुज, क्रस रोड, स्काई सुज, सफ्टटच सुज, टाकुरा सुज, कोसेली छाला जुत्ता, लेदर विङ्गसलगायत खरीद गर्न सकिन्छ । मेलामा गर्मीे यामलाई लक्षित गरि विभिन्न जुत्ता÷चप्पलहरुमा भारी छुट दिइएको छ भने नजिकीदै गरेको दशै तिहारलाई लक्षित गरि बजारमा ल्याईएका विभिन्न कम्पनीका नयाँ मोडलका जुत्ता तथा चप्पलमा समेत विशेष छुटको व्यवस्था गरिएको छ ।

मेलामा रु. ३सय, ५सय, ७ सय र १ हजार देखि ३ हजार सम्मको जुत्ता तथा चप्पलहरु उपोभोक्ताले खरिद गर्न सक्नेछन् ।

कम्पनीहरुले जुत्ता तथा चप्पलको खुद्रा मुल्यमा ७० प्रतिशतसम्म छुट दिइएको छ ।

यो समर सेल मेलामा करीव १ लाख देखी १ लाख ५० हजार को हाराहारीमा आगन्तुक हरुले अवलोकन गर्ने र करीव ४० देखी ५० हजार जोर जुत्ता चप्पल हरु बिक्रि गर्ने आयोजकको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्