Logo

नेप्सेको साईट ह्याकिङको प्रयास, सर्वसाधारणलाई सास्ती

नेप्सेको साईट ह्याकिङको प्रयास, सर्वसाधारणलाई सास्ती



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को वेबसाइटमा प्रवेश गरेर अनधिकृत रुपमा डाटा ह्याकिङको प्रयास भएको छ । नेप्सेले मङ्गलबार एक विज्ञप्ति जारी गर्दैवेबसाइटमा विभिन्न कोड प्रयोग गरेर अनधिकृत रुपमा ठूलो परिमाणमा डाटा तान्ने प्रयास भइरहेको जानकारी दिएको छ ।

यसले गर्दा नेप्सेको वेबसाइटमा विवरण हेर्न खोज्नेको सङ्ख्या कृत्रिम रुपमा अत्याधिक बढेको र सर्वसाधारणलाई असुविधा भइरहेको नेप्सेको भनाई छ ।

यसलाई समाधान गर्न नेप्सेले प्राविधिक उपाय लगाइरहेको र त्यस्ता क्रियाकलाप नरोकिए कारबाहीमा जाने नेप्सेले जानकारी दिएको छ ।

नेप्सेको साईट ह्याकिङको प्रयास, सर्वसाधारणलाई सास्ती

प्रतिक्रिया दिनुहोस्
MBL