Logo

आज थपिए ३११ जना कोरोना संक्रमित, कुल संक्रमित १९ हजार ६३ पुगे

आज थपिए ३११ जना कोरोना संक्रमित, कुल संक्रमित १९ हजार ६३ पुगे



काठमाडौं । मंगलबार कोरोनाका ३ सय ११ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यीसहित मुलुकभर कुल संक्रमित हुनेको संख्या १९ हजार ६३ पुगेको छ।

हालसम्म १३ हजार ८ सय ७५ जना कोरोनाबाट मुक्त भएका छन्। नेपालमा अहिलेसम्म ३ लाख ५२ हजार ३ सय ७ जनाको पिसिआर परीक्षण भएको छ।
हालसम्म कोरोनाभाइरसले ४९ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL