Logo

बीमा कम्पनीका सेयरले उचाल्यो नेप्से, परिसुचक २२ अंकले बढ्दा कारोबार २ अर्ब नजिक

बीमा कम्पनीका सेयरले उचाल्यो नेप्से, परिसुचक २२ अंकले बढ्दा कारोबार २ अर्ब नजिक



काठमाडौं । साताको पहिलो दिन बीमा कम्पनीको सेयरले नेप्से परिसुचक उचालेको छ । बजारमा निर्जीवन बीमा र जीवन बीमा कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि हुँदा समग्र नेप्से परिसुचकमा दोहोरो अंकको सुधार वृद्धि भएको हो ।

बजार खुलेको केही समय घट्न लागेको नेप्से परिसुचकमा बीमा कम्पनीको सेयर मूल्य बढेसँगै उकालो लागेको थियो । सोही अनुरुप बजार बन्द हुँदा नेप्से परिसुचकमा २२ दशमलव ४० अंकले वृद्धि भएको छ ।

आईतबार जीवन बीमा कम्पनीको परिसुचक ३३८ अंकले बढेको छ भने निर्जीवन समुहको परिसुचक २५९ अंकले उकालो लागेको छ । यसैगरी बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा पनि १६ दशमलव ५ अंकको वृद्धि भएको छ । तर दोहोरो अंकले बढेको बजारमा होटल, जलविद्युत र म्युचुअल फण्ड समुहका परिसुचकमा भने गिरावट आएको छ ।

दोहोरो अंकले बढेको बजारमा कारोबार रकम पनि २ अर्ब नजिक पुगेको छ । आईतबार नेपाल लाईफ इन्स्योरेन्सको २५ करोड ८४ लाख र नेपाल रि इन्स्योरेन्स कम्पनीको १९ करोड ९४ लाख रुपैयाँको सेयर खरिदबिक्री हुँदा कुल १ अर्ब ९४ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL