Logo

१२ सय अंकबाट तल झर्यो नेप्से, ५९ करोडको कारोवार

१२ सय अंकबाट तल झर्यो नेप्से, ५९ करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजबर संबाददाता

३१ भदौ,काठमाडौं । बिहीबार सेयर बजार १२ सयबाट तल झरेको छ । सो दिन सेयर बजार ११ सय ९६ दशमलव ६ दशमलव ७९मा झरेर बन्द भएको हो । नेप्से ६ दशमलव ७९ अंकले घटेको हो ।

बिहीवार कारोवारमा आएका अधिकांश कम्पनीको सूचक ओरालो लागेकोले समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो ।

जसमध्ये बीमा समुहको परिसुचक सवैभन्दा बढी ४१ दशमलव ३२ अंकले ओरालो लागेको छ । त्यस्तै जलविद्युत समुहको १३ दशमलव ६६, बैंकिङ ९ दशमलव १४, अन्य २ दशमलव ३५ र फाइनान्स समुहको सूचक ० दशमलव ३४ अंकले घटेको छ । यता होटल तथा विकास बैंकको परिसुचक भने क्रमशः २५ दशमलव १३ र १ दशमलव ८३ अंकले उकालो लागेको छ ।

सो दिन कारोवारमा आएका १ सय ४० कम्पनीको ११ लाख २९ हजार ३ सय २८ कित्ता सेयरबाट ५९करोड ५० लाख बराबरको कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्