Logo

खुल्ने बित्तिकै पोजेटिभ सर्किट हानेको बजार अन्ततः घट्यो, कारोबार रकमले दियो टेवा

खुल्ने बित्तिकै पोजेटिभ सर्किट हानेको बजार अन्ततः घट्यो, कारोबार रकमले दियो टेवा



काठमाडौं । साताको दोस्रो दिन सोमबार बजार खुल्ने वित्तिकै पोजेटिभ सर्किट लागेको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसुचक अन्ततः दोहोरो अंकले ओरालो लागेको छ । बजार खुलेको ६ मिनेटमै ४ प्रतिशतले बढेर २० मिनेट बजार बन्द भएपछि त्यसपछि खुलेको बजार पुनः ११ मिनेटपछि ५ प्रतिशतले बढेर ४० मिनेट बन्द भएको थियो ।

बजार खुलेको डेढ घण्टाभित्रै २ चोटी पोजेटिभ सर्किट लागेको नेप्से बजार कारोबारको अन्तिम समयमा १४ अंकले ओरालो लागेको हो ।

सोमबार बजारमा विकास बैंक, बैकिंग, म्युचुअल फण्ड र फाईनान्स समुहका बाहेक सबै समुहका परिसुचकहरु ओरालो लागेका छन् । बजारमा सबैभन्दा धेरै गिरावट बीमा समुहको परिसुचकमा परेकोछ । आज जिबन बीमा समुहको परिसुचकमा १ सय ८८ अंकको गिरावट आउँदा निर्जिवन बीमा समुहको परिसुचकमा भने ४१ अंकको गिरावट आएको छ ।

यस्तै उत्पादनमुलक समहुको परिसुचकमा १ सय २७ अंकको गिरावट आउँदा लघुवित्त समुहको परिसुचक ८७ अंकले ओरालो लागेको छ । यस्तै सोमबार बजारमा धेरै प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक भने ३ दशमलव १४ अंकले उकालो लाग्दा विकास बैंक समहुको परिसुचक १६ अंकले उकालो लागेको छ ।

सोमबार बिहान एक्कासी उकालो लागेको नेप्से परिसुचक बीचमा घट्दा कारोबार रकम भने २ अर्ब ८० करोड २२ लाख ३३ हजार ७ सय १५ रुपैयाँ पुगेको छ । आज विभिन्न १ सय ८१ कम्पनीका ७० लाख १ हजार २ सय ५८ कित्ता सेयर कारोबार भएको छ । यस्तै आज विभिन्न ५ ओटा कम्पनीको सेयरमूल्यमा ८ प्रतिशत बढीको वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्