Logo

यातायात व्यवसायीको अडान कायमै, सार्वजनिक सवारीसाधन तत्काल नचलाउने

यातायात व्यवसायीको अडान कायमै, सार्वजनिक सवारीसाधन तत्काल नचलाउने



काठमाडौं । तत्काल सार्वजनिक सवारीसाधन संचालनमा नल्याउने अडान व्यवसायीले जारी राखेका छन् । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधन भोलीदेखि चल्ने सूचना दिएपछि उक्त सूचना भ्रम भएको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

उनका अनुसार हाल सरकारसँगै लगातार छलफलमा भएकाले हालै आफ्ना मागहरु पुरा नभएको भन्दै सार्वजनिक सवारीसाधन संचालन गर्ने निर्णय भएको छैन । सरकार र व्यवसायीबीच विभिन्न छलफल भईरहेकाले कुनै निर्णय नभएको उनको भनाई छ । व्यवसायीले सरकरासमक्ष बैंकको ब्याजदर छुट, ब्याजको पुनर्तालिकिकरणलगायतको माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्