Logo

संविधान आउने पक्का भएपछि नेप्से उकालो लाग्यो,कारोवार रकममा पनि बृद्धि

संविधान आउने पक्का भएपछि नेप्से उकालो लाग्यो,कारोवार रकममा पनि बृद्धि


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

२८ भदौ,काठमाडौं । सोमवार सेयर बजार १० दशमलव १८ अंकले बढेको छ । नयाँ संविधान आउने लगभग पक्का भएपछी सेयर बजारमा त्यसको असर देखिएको हो ।

सो दिन १ हजार १ सय ९४ दशमलव ११ अंकमा पुगेर बजार बन्द भएको छ ।

सोमबार कारोवारमा आएकामध्ये अधिकांश समुहको परिसुचक उकालो लागेको छ । त्यसमध्ये जलविद्युत समुहको परिसुचक सवैभन्दा बढी ४० दशमलव १३ अंकले बढेको छ । त्यस्तै बैंकिङ समुहको १३ दशमलव ८९, होटल ११ दशमलव ८२, बीमा ७ दशमलव ५९ अन्य ४ दशमलव ७ र विकास बैंकको परिसुचक ० दशमलव ३२ अंकले बढेको छ ।

यता उत्पादन तथा फाइनान्स समुहको परिसुचक भने क्रमशः ० दशमलव ९६ र ० दशमलव ८१ अंकले ओरालो लागेको छ । सो दिन कारोवारमा आएका १ सय ३५ कम्पनीको १० लाख ७९ हजार ४ सय २२ कित्ता सेयरबाट ५७ करोड २६ लाख बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्