Logo

मोवाइल एक्स्पो उत्साहजनक, १ लाख ५० हजारले अवलोकन गरे

मोवाइल एक्स्पो उत्साहजनक, १ लाख ५० हजारले अवलोकन गरे


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संबाददाता

२७ भदौ,काठमाडौं । ललितपुरको लगनखेलमा आयोजित मोवाइल एक्स्पो २०७२ को हालसम्म १ लाख ५० हजार अवलोकनकर्ताले अवलोकन गरेका छन् ।

मेलाको तेस्रो दिन आइतवार पनि अवलोकनकर्ताको भीड लागेको आयोजक ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले जानकारी दिएका छन् । त्यसैगरी मोबाइल कम्प्लेक्सद्धारा स्थापना गरिएको नेपालकै सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुम मा पनि ग्राहकहरुले ब्राण्डेड मोबाइल बारे जानकारी लिने ग्राहकहरुको भीड लागेको छ ।

एक्स्पोमा विशेषगरी सामसुङ तथा हुवावे ब्राण्डको माग निकै देखिएको आयोजकले जानकारी दिएको छ ।

एक्स्पो अवधिभर मल्टिब्राण्ड शोरुम तथा अन्य मोबाइल शपबाट ४० भन्दा बढि ब्राण्डका मोबाइलहरुको खरिदमा विशेष छुट दिईएको छ ।

ललितपुर मोबाइल कम्प्लेक्सले संचालन गरेको मल्टिब्राण्ड मोबाइल शोरुममा ४० भन्दा बढि मोबाइल ब्राण्डहरु, मोबाइल पसलहरु तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा आएका छन् ।
मेला असोज ३ गतेसम्म चल्ने छ ।

सो अवधिभर हरेक मोबाइलको खरिदमा ७ प्रतिशतदेखि ७० प्रतिशतसम्मको छुट ग्राहकहरुले प्राप्त गर्नेछन् । मोबाइल कम्प्लेक्समा न्यूनतम ९ सयदेखि १ लाख रुपैंयासम्मको ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध गराईएको छ ।
एक्स्पोमा करिब १० लाख भन्दा बढिले अवलोकन गर्ने अनुमान आयोजकको छ । साथै एक्स्पोको अन्तिम दिन मोबाइल खरिदकर्ता ग्राहकहरुमध्येबाट १ जनालाई लक्कि ड्रको माध्यमबाट बम्पर उपहार प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्