Logo

ग्यास उद्योग संघको अध्यक्षमा पूनः घिमिरे, उपाध्यक्षमा संघई

ग्यास उद्योग संघको अध्यक्षमा पूनः घिमिरे, उपाध्यक्षमा संघई


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२७ भदौ,काठमाडौं । नेपाल एलपि ग्यास उद्योग संघको अध्यक्षमा पूनः शिव प्रसाद घिमिरे निर्वाचित भएका छन् ।

आइतवार सम्पन्न संघको २० औं वार्षिक साधारण सभा एवं सातौं अधिवेशनले घिमिरलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

सभाले घिमिरेको अध्यक्षतामा १५ सदस्यीय नयॉ कार्यसमिति चयन गरेको छ । जसमा निवर्तमान अध्यक्ष हरि प्रसाद पाठक (ओम ग्यास, वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघई (गौरीशंकर ग्यास उद्योग, उपाध्यक्षहरुमा क्रमशः कुश प्रसाद मल्ली (राजधानी ग्यास, गोकुल भण्डारी (नेपाल ग्यास रहनु भएको छ भने महासचिवमा दिवान चन्द (रोयलमल्टी लुक कन्सर्न प्रालि, कोषाध्यक्षमा कृष्णभक्त श्रेष्ठ (उग्रचण्डी ग्यास रहेका छन् ।

त्यस्तै सदस्यहरुमा क्रमशः मनोज कुमार दास (मनोज ग्यास, शंकर श्रेष्ठ ( बुटवल ग्यास, आदित्य पराजुली ( पराजुली एण्ड ब्रदर्श ग्यास, नविन रीजाल ( रीजालको भान्सा ग्यास, राजकुमार सिन्धी ( लियो ग्यास, धर्मराज बर्तौला गृहलक्ष्मी ग्यास, नरेन्द्रकुमार श्रेष्ठ गीता ग्यास र श्यास बुढाथोकी राप्ती ग्यास रहेका छन् ।

संघको सल्लाहकार सदस्यहरुमा सावरमल अग्रवाल, विजयहरी शर्मा र राजेन्द्र कावरा रहेका छन् ।

त्यसैगरी नेपाल एलपिग्यास उद्योग संघको विधान संशोधन पश्चात सचिव पदमा लक्ष्मी प्रसाद महर्जन र कार्यसमिति सदस्यमा लोकहर्ष शाक्य र सल्लाहकारमा मार्स प्रसाई र रुद्र प्रसाद कोईरालालाई पदभार गराउने निर्णय समेत गरेको संघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्