Logo

एनआईसी एशिया लघुवित्तको आईपीओ शनिबार बाँडफाँड हुने,१६ हजार बढी आवेदन रद्ध

एनआईसी एशिया लघुवित्तको आईपीओ शनिबार बाँडफाँड हुने,१६ हजार बढी आवेदन रद्ध



काठमाडौं । एनआइसी एशिया लघुवित्तको आईपीओ शनिबार मात्रै बाँडफाँड हुने भएको छ । बिहीवार प्रि–अलोटमेण्ट गरि आइतवार बाँडफाँड गर्ने तयारी गरिएको भएपनि सोहि दिनदेखि साधना लघुवित्त वित्तीय संस्थाको आईपीओ विक्री खुला हुने हुदाँ सिष्टममा समस्या हुन सक्ने भन्दै शनिवारनै बाँडफाँड गर्न विक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी दिएको छ । शनिवार विहान ९ः३० बजे आईपीओ बाँडफाँड हुने बताईएको छ ।

लघुवित्तले असार १० गतेदेखि १४ गतेसम्म ४४ लाख ४३ हजार २ सय कित्ता सेयर बिक्री गरेको थियो। आईपीओमा ३ लाख ९७ हजार ७४१ वटा आवेदन सदर भएको सानिमा क्यापिटलले जनाएको छ।

जस अनुसार लघुवित्तको आइपीओमा आवेदन गर्ने सबैजना आवेदकले न्युनतम १० कित्ता पाउने निश्चित छ । १० कित्ताका दरले सेयर बाँडफाँड गर्दा ३९ लाख ७७ हजार ४१० कित्ता सकिन्छ। बाँकी ४ हजार ६५ हजार ७९० कित्ता सेयर गोलाप्रथाबाट भाग्यमानी ४६ हजार ५७९ जना आवेदकले थप १० कित्ताका दरले १० कित्ता २० कित्ता पाउनेछन्। आवेदन गरेका मध्ये १६ हजार ४३९ वटा आवेदन अयोग्य ठहर भएका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL