Logo

सोमबारदेखि सेयर कारोबार खुल्ने, बोर्डले दियो नेप्सेलाई यस्तो निर्देशन

सोमबारदेखि सेयर कारोबार खुल्ने, बोर्डले दियो नेप्सेलाई यस्तो निर्देशन



काठमाडौं । सोमबारदेखि सेयर कारोबार खुला हुने भएको छ । नेपाल धितोपत्र बोर्डमा आईतबार भएको छलफलमा सोमबारदेखि बजार खोल्नका लागि बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको हो ।

तर, के, कति र कसरी बजार सञ्चालन गर्ने भन्नेबारे भने नेप्सेले नै निर्णय गर्ने बोर्डले जानकारी दिएको छ । यता नेप्सेका सिईओ चन्द्रसिंह साउँदले पनि निर्देशन आउने जनाकारी पाएको तर हालसम्म निर्देशन नआएको बताए । उनले बजार कसरी र कति अवधि चलाउने भन्ने पनि निर्देशन पाएपछि मात्रै एकिन हुने उनको भनाइ छ ।

लकडाउन सुरु भएकै दिनदेखि बन्द भएको सेयरबजार खुलाउनुपर्ने भन्दै लगानीकर्ताहरुले माग गर्दै आएका थिए । यस्तै २ दिनअघि मात्रै लगानीकर्ताहरुका विभिन्न ५ संघसंस्थाहरुले अबदेखि धितोपत्र बजार कुनै बहानामा बन्द नगर्नेसमेत प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL